बाँकेको बाल सुधारगृहमा झडप हुँदा अछाम र कैलालीका २ सहित ५ जनाको मृत्यु

काठमाडौं– बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ ।
सो घटनामा सुदूरपश्चिमका २ जनासहित ५ जनाको मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका छन् ।
सुरक्षा स्रोतका अनुसार मृत्यु हुनेमा कैलालीका जगत देउवा, अछामका उमेश विष्ट, दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा र दाङका दिनेश घर्तीमगर छन् ।
गएराति सुधारगृहमा झडप भएको थियो । त्यसक्रममा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो ।
घटनामा घाइते भएकाहरुलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको स्रोतले पुष्टि गरेको छ । घाइते दुई जनाको उपचार जारी छ ।
देशभर जेनजीको आन्दोलन चर्किंदा नौबस्ताको बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । प्रहरीले रोक्न खोजेको थियो । त्यही क्रममा झडप भएको थियो । केही युवा भागेका छन् भने केही बालसुधारगृहभित्रै रहेका छन् ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया