Hikmat Acharya
  • २८ असोज २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

एमाले नेता पोखरेलले भने : धैर्य गरौँ, हामी फेरि उठ्ने छौँ


धनगढी  : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको परिस्थितिमा धैर्य गर्न र संयमित बन्न अनुरोध गरेका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत् उनले कवि नेत्रलाल अभागीको कविता शेयर गर्दै अहिलेको विषम परिस्थितिमा धैर्य गर्न र संयमित बन्न आह्वान गरेका हुन्।

‘आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा

एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ
तर मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
– नेत्रलाल अभागी
धैर्य गरौँ,
संयमित बनौँ,
हामी फेरी उठ्ने छौँ।’


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode