Hikmat Acharya
  • ४ असोज २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुरामा निषेधाज्ञा जारी


डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका भित्रको केही क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मंगलबार ३ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेका हुन्।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जारी गरिएको आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न नपाइनेछ।

अमरगढी नगरपालिका–५ को बागबजार, तुफानडाँडा र जिल्ला प्रहरी कार्यालय वरपर, अमरगढी नगरपालिका–४को जिल्ला प्रशासन कार्यालयदेखि टुँडीखेल आसपासका क्षेत्र, अमरगढी नगरपालिका–८को कीर्तिपुर आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode