गृहमन्त्री लेखकले किन दिए राजीनामा ?
 
	
				
			काठमाडौं– गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।
उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।
त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

 
				 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया