Hikmat Acharya
  • २२ कात्तिक २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

दमकस्थित प्रधानमन्त्री ओलीको घरमा जेन-जी समूहको आक्रमण


झापा: जेन-जी समूहले झापा दमकमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा समेत आक्रमण गरेका छन्।

प्रहरीको कडा सुरक्षा व्यवस्था बनाइएको ओलीको घरमा जेनजी समूहले आक्रमण गरेका छन्।

आक्रमणमा धेरै क्षति नभएको एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरीले बताए । गिरीका अनुसार उक्त स्थानमा बिहानबाटै कडा सुरक्षा निगरानी गरिएको छ।

‘उहाँहरूले आँखा लगाउनुभएको थियो। तर थप क्षति हुन पाएन  सामान्य रूपमा आक्रमण भएको छ,’ गिरीले खबरहबलाई भने, ‘दमकमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ।’

ओलीको घर दमक नगरपालिका वडा नम्बर ९ मा पर्छ। यता दमक बजारमा पनि नयाँ पुस्ताले आन्दोलन गरेको छ। प्रदर्शनका क्रममा केही युवा घाइते भएका छन्।

यता बिर्तामोडमा पनि यो पुस्ताले आन्दोलन गरेको छ। केही युवा घाइते भएर बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode