नेपाल सरकारलाई एक्सले भन्यो : भ्रष्टाचार हुने देशमा दर्ता गर्न आउँदैनौँ

काठमाडौं : –सामाजिक सञ्चाल एक्स (ट्विटर)ले नेपालमा भ्रष्टाचार नियन्त्रण नभएसम्म दर्ता प्रक्रियामा नआउने जवाफ फर्काएकाे छ।
सूचीकरणमा आउन अटेर गरेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयपछि एक्सले यस्ताे गम्भीर जवाफ दिएको हाे। एक्सले नेपालमा दर्ता हुन नआउने अडान दाेहाेर्याएको छ।
उसले यसअघि पनि पटकपटक सरकारले नेपालकाे कानुनअनुसार दर्ता प्रक्रियामा आउन भने पनि नमानेकाे सरकारले बताउँदै आएकाे छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार सरकारले नेपालमा सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको चौथो दिन एक्सले उक्त जवाफ पठाएको हो।
त्यो जवाफ भने निकै गम्भीर प्रकृतिको देखिएको छ।
एक्सले नेपालमा अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लागेको आंशका पनि गरेको छ।
मन्त्रालय स्रोतका अनुसार एक्सले नेपाल भ्रष्टाचार हुने मुलुकहरुमध्ये माथिल्लो सूचीमा रहेको र अभिव्यक्ति स्वतन्त्रताको ‘ग्यारेन्टी’ नभएकोले नेपालमा दर्ता हुन नआउने जवाफ दिएको हो।
क्याटेगोरी : समाचार
प्रतिक्रिया