बालेन र प्रकाश सपुतले भने– ‘जेन-जी आन्दोलन’मा सहभागी हुनु
 
	
				
			काठमाडौँ : काठमाडौँ महानगरपालिकाका नगरप्रमुख (मेयर) बालेन शाहले भोलि हुन लागेको ‘जेन-जी आन्दोलन’मा समर्थन जनाएका छन् ।
नवीन पुस्ता अर्थात् ‘जेन-जी’ ले दलीय भ्रष्टाचार र अव्यवस्थाविरुद्ध भोलि संसद् भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलन थाल्दैछ।
विद्युतीय सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै काठमाडौँका मेयर बालेनले भोलिको प्रदर्शनमा आफ्नो भरपूर समर्थन गरेको उल्लेख गरेका छन्।
जेन-जी पुस्ताले स्वःस्फूर्त रूपमा र्याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्।
उनले लेखेका छन् :
भोलिको र्याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन-जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।
प्रिय जेन-जी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?
यसैबीच, चर्चित गायक प्रकाश सपुतले सामाजिक सञ्जालमार्फत् नयाँ पुस्तालाई आन्दोलनमा सहभागिता जनाउन आग्रह गरेका छन्।
आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले सुनिल ९२५० र सचिन ९२६० नाम गरेका युवालाई सम्बोधन गर्दै भनेका छन्, ‘भोलि तिमीहरू पनि जानु, केही बोल्नै पर्दैन। अनुहारमा प्रष्ट देखिने अन्योल भविष्यको चिन्ताले नै धेरै कुरा बोलेको हुनेछ।’
सपुतले आफ्नो पुस्ताले पनि जीवनमा आन्दोलन र युद्ध भोगेको तर त्यसको नेतृत्व गरेका व्यक्तिहरूले योगदानभन्दा बढी फाइदा उठाएको आरोप लगाएका छन्। उनले अब नयाँ पुस्ताले अलग ढंगले आवाज उठाउनुपर्नेमा जोड दिएका छन्।
स्टाटसमा उनले युवालाई संयमित, धैर्यवान र निरन्तर आन्दोलनमा उभिन प्रेरित गरेका छन्। उनले थपे, ‘जनताको आवाज र आन्दोलन दबाउन सक्नेहरूले एक्कै पटकमा मान्ने छैनन्। बुझाउन र गलाउन तिमीहरू पटक–पटक उभिनु पर्नेछ।’
सपुतले आफ्ना दुई भाइका खातामा युट्युब आम्दानीबाट आएको २५–२५ हजार रुपैयाँ पठाएको उल्लेख गर्दै त्यो पैसाले आन्दोलनमा सहभागी साथीहरूलाई पानी वितरण गर्न निर्देशन दिएका छन्।
उनले आगामी पुस्ताको आन्दोलनलाई ‘जेन जेडको सांकेतिक प्रदर्शन’ भन्दै यसले पुराना नेताहरूलाई समय धेरै अगाडि भइसकेको छ भन्ने गहिरो अनुभूति दिलाउने विश्वास व्यक्त गरेका छन्।
सपुतले अन्त्यमा आन्दोलनमा जाने युवाहरूलाई सुरक्षित फर्किन आग्रह गर्दै परिवारले घरमा प्रतीक्षा गरिरहेको सम्झन पनि आग्रह गरेका छन्।
उनले लेखेका छन् :
क्याटेगोरी : राजनीति, समाचार

 
				 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया