Hikmat Acharya
  • २२ भदौ २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा एक किशोरी मृत फेला


बैतडी : बैतडीको सुर्नया गाउँपालिका-५ मडकी १८ वर्षीय झरना दमाई सुर्नया नदी किनारमा मृत फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार झरना शुक्रबार घरबाट ‘‘बजार जान्छु” भन्दै हिँडेकी थिइन् र त्यसयता बेपत्ता भएकी थिइन।

उनको खोजीका लागि परिवारले प्रहरीलाई अनुरोध गरेका थिए।

प्रहरी र स्थानीयको खोजी कार्यका क्रममा पाटन नगरपालिका–६ औजेउडास्थित सुर्नया नदी किनारमा उनको शव फेला परेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode