Hikmat Acharya
  • २२ भदौ २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बालेनको देउवाको पोस्टमा कमेन्ट: ‘भीपीएनबाट फेसबुक चलाउन गाह्रो हुँदो रहेछ’


काठमाडौं : सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारद्वारा प्रतिबन्धित सामाजिक सञ्जाल चलाएका छन्। उनले फेसबुकमा हिजो आफ्नो सार्वजनिक कार्यक्रमसँग सम्बन्धित एउटा पोस्ट गरे।

देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको भन्दै तस्बिरहरू हालेका थिए।

उक्त पोस्टमा सयौँ कमेन्टहरू आएका छन्, अधिकांश नकारात्मक। त्यसमध्ये एउटा छ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको।

साहले देउवाको कमेन्ट बक्समा गएर कटाक्षपूर्ण टिप्पणी गरेका हुन्। देउवाले भीपीएनको सहारामा फेसबुक चलाइरहेको छ र आफूले पनि चलाउने गरेको बालेनको संकेत छ।

भिपिएन चलाउन गाह्रो हुने अनुभव उनले सुनाएका छन्। उनले लखेका छन्, ‘यो पोस्ट कुन भीपीएन बाट हो, नेपाली हो कि विदेशी। सारै गारो हुने रहेछ भीपीएनबाट चलाउन त !!’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode