Hikmat Acharya
  • २२ भदौ २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा २ लाख १२ हजार पुग्यो


काठमाडौं : आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ।

सुनको मूल्य तोलामा २ लाख १२ हजार रुपैयाँ प्रतितोला पुगेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १६ सय रुपैयाँले बढेको छ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। शुक्रबार २ हजार ४९० रुपैयाँ रहेको चाँदी आइतबार बढेर २ हजार ५०० रुपैयाँ कायम भएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode