Hikmat Acharya
  • २२ भदौ २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

अछामका समिर खैरो हिरोइनसहित प्रहरीको फन्दामा


धनगढी : अछाममा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको साँफेबगर नगरपालिका–८ बयलपाटा पिपल चौताराबाट २५ वर्षीय समिर कुँवर पक्राउ परेका हुन्। साँफेबगर नगरपालिका–४ का कुँवरको साथबाट प्रहरीले १४० मिलिग्राम खैरो हेरोइन फेला पारेको हो।

मध्य पहाडी लोकमार्ग क्षेत्रबाट उनी शनिवार राति पक्राउ परेका प्रहरीले बताएको छ। कुँवरलाई जिल्ला प्रहरी कार्यालय, अछामको टोलीले पक्राउ गरेको हो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode