Hikmat Acharya
  • २२ भदौ २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

गोकुल बास्कोटाको दाबी : ‘जेन्जि’ पुस्ता अगाडि बढे कसैले रोक्न सक्दैन


काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले जेन्जि पुस्ता राजनीतिक आन्दोलनमा संगठित भएर अगाडि बढे कसैले रोक्न नसक्ने बताएका छन् ।

भ्रष्टाचारविरुद्ध जेन्जि पुस्ताले भोलि माइतीघर मण्डलामा गर्ने भनिएको विरोध प्रदर्शनलाई संकेत गर्दै बास्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

‘जेन्जि र अल्फा पुस्ता आइसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काइरहेका छन्,’ उनले लेखेका छन्, ‘हाहुमा होइन, क्षितिजपारिसम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन।’

नेता बास्कोटाले समयको प्रवाहलाई कसैले रोक्न नसक्ने भन्दै राजनीतिको चरित्र सधैं परिवर्तनशील हुने पनि टिप्पणी गरे। ‘मौसम दुई महिनामा हल्का रङ फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृत्तिसँग किन गुनासो रु हरेक दशकले त्यो चटक भोग्दै आएको छ,’ उनले भने।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode