अछाममा बस दुर्घटना : पाँच जना घाइते, एकको अवस्था गम्भीर

धनगढी : अछाममा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। शनिबार बेलुका मंगलसेन नगरपालिका–१० लुगडामा बस दुर्घटनामा परेको हो।
दुर्घटनामा परेका चार जनाको अवस्था सामान्य रहेको र ड्राइभरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछाम प्रहरीले जनाएको छ।
घाइते चार जनाको जिल्ला अस्पताल अछाममा अपचार भइरहेको छ भने ड्राइभरलाइ रेफर गरिएको छ। सुप्रप ०१००१ ख ८८६६ नम्बरको बस सान्तडबाट मंगलसेन तर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो।
दुर्घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको असन्धान गरिरहेको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया