राष्ट्रपतिलाई स्वागत गरेका बालेन प्रधानमन्त्री आउँदा ‘टाप’
 
	
				
			काठमाडौं : काठमाडौंको वसन्तपुरमा शनिबार धुमधामका साथ इन्द्रजात्रा मनाइयो।
काठमाडौं महानगरभित्र भएको कार्यक्रम भएकाले काठमाडौं महानगरका जनप्रतिनिधि तथा पदाधिकारीहरू उच्चपदस्थको स्वागतका लागि तयार थिए। त्यही लाइनमा थिए नगर प्रमुख बालेन्द्र शाह पनि।
पाहुनाहरूलाई स्वागत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई पनि मेयर शाहले भव्य स्वागत गरे।
तर जब प्रधानमन्त्री केपी शर्मा ओली त्यहाँ पुगे मेयर शाह बेपत्ता भए।
प्रधानमन्त्रीको स्वागतमा उनी देखिएनन्। प्रधानमन्त्रीको स्वागतका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ पुगे।
बालेन र ओलीबीच विगतदेखि नै हार्दिकतापूर्ण सम्बन्ध नरहेको कुरा सामाजिक सञ्जाल तथा सार्वजनिक कार्यक्रमहरूमा पोखिने एकअर्का प्रतिको आक्रोशले प्रष्टै छ।
तर मेयर शाहको यो पछिल्लो गतिविधिले सामाजिक सञ्जाल पुनः तताएको छ।
क्याटेगोरी : राजनीति, समाचार

 
				 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया