अछाममा दुई किशोरी मृत फेला

अछाम : अछामको तुर्माखाँद गाउँपालिका–६ रानिवनस्थित चाका भिट्टामा दुई किशोरी आत्महत्या गरेको अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार रानिवनकै सर्पे कामीकि छोरी १५ वर्षीया साउनी बिक र कमल बिककि १२ वर्षीयाछोरी प्रेमकला बिकको शव बिहिवार बिहान स्थानीय जंगलमा झुन्डिएको अवस्थामा भेटिएको हो।
परिवारका सदस्यहरूले बुधबार रातिदेखि दुवै किशोरी सम्पर्कविहीन भएको जनाउँदै खोजी कार्य सुरु गरेका थिए।
खोजीकै क्रममा बिहिवार बिहान उनीहरूको शव जंगलमा भेटिएको हो।
घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले आत्महत्या भएको अनुमान गरे पनि यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
दुवै किशोरीले आत्महत्या गर्नुको कारण अझै खुलेको छैन। घटनापछि स्थानीयवासी स्तब्ध बनेका छन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया