Hikmat Acharya
  • १८ भदौ २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिम घर भएका एमाले नेता महरविरुद्ध मुद्दा दर्ता


काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले आज महरविरूद्ध साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

एक जना महिलालाई उनले सामाजिक सञ्जालमा लाइभ आएर चरित्रहत्या गरेको आरोप महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो।

महर भदौ ११ गते प्रहरी समक्ष हाजिर भएर सरकारी वकिलको कार्यालय काठमाडौंमा त्यही दिन बयान दिएका थिए। बयान दिएसँगै उनी हाजिर जमानीमा छुटेका थिए।

अब महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे थुनछेक हुनेछ।

यस्तै महरले पनि ती महिलाविरूद्ध सोही कसुरमा जाहेरी दिएका थिए। भदौ ११ गते नै ती महिलाको पनि बयान लिएर हाजिर जमानीमा राखिएको छ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode