Hikmat Acharya
  • ३ कात्तिक २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बहुपत्नीका पति लेखजंग उन्मुक्तिमा मुक्ति नपाएपछि रास्वपामा आए, रुपन्देहीमा टिकट पाए


धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट समानुपातिक सूचीका उम्मेदवार डा. लेखजंग थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा उम्मेदवार बनाउने निर्णय गरेको छ।

उनी केही महिना अघिसम्म नाउपामा थिए। उनलाई नौ जना बीचको प्रतिस्पर्धाबाट छानेर उम्मेदवार बनाइएको रास्वपाको भनाइ छ।

थापा २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ नाउपाको समानुपातिक सूचीमा थिए।

सूचीमा प्राथमिकता क्रमको पाचौं नम्बरमा रहेका थापा अहिले रुपन्देही निर्वाचन ३ को उपचुनावमा रास्वपाबाट उम्मेदवार बन्ने भएका छन्।

थापा नाउपाको टीकापुर महाधिवेशनबाट उपाध्यक्षमा चयन भएका थिए। पत्नी नुमा शर्मालाई नाउपाले लुम्बिनी योजना आयोगको सदस्य बनाएको थियो।

जबकी डा. थापामाथि बहुपत्नी अंगालेको आरोप लगाउँदै रास्वपमा उजुरी गरिएको थियो।

उनीविरुद्धको बहुपत्नी उजुरीबारे पार्टी नेताहरुले नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई जानकारी गराएका थिए।

तर, आफैँ धेरै पत्नीका पति सभापतिले त्यसबारे कुनै जवाफ नदिएको बतइन्छ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode