Hikmat Acharya
  • २८ असोज २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

चौरपाटीमा विवादित थापा हटे, नयाँ हाकिम जैशी आउने


अछाम : अछामको चौरपाटी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत शाखा अधिकृत सुरेश प्रसाद जैसीलाई चौरपाटी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा नियुक्त गरेको हो।

यससँगै लामो समयदेखि निमित्त जिम्मेवारी सम्हाल्दै आएका धनबहादुर थापा हटेका छन्।

थापा कार्यकालमा विभिन्न विवादमा तानिएका थिए। उनीमाथि अन्य प्रशासकीय अधिकृतलाई कार्यालयमै प्रवेश गर्न नदिने, आर्थिक अनियमितता गर्नेलगायत गम्भीर आरोप लागेका थिए।

चौरपाटी गाउँपालिकामा यसअघि आएका प्रशासकीयहरू प्रायः एक महिनामै सरुवा हुने वा हाजिर नहुँदै फिर्ता हुने क्रमले प्रशासनिक कामकाज प्रभावित हुँदै आएको थियो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode