एमाले नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी

धनगढी : नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गतको साइबर ब्युरोले एक महिलाले दिएको निवेदनका आधारमा अदालतबाट पक्राउ अनुमति लिएको जनाएको छ।
स्रोतका अनुसार, ‘ऐन महरविरुद्ध महिलाले उजुरी दिएका कारण कानुनी प्रक्रियाअनुसार पक्राउ अनुमति लिइएको हो।’
बझाङ घर भएका महर अनेरास्ववियु हुँदै एमाले केन्द्रीय सदस्य बनेका हुन्।
२०७९ को संघीय चुनावमा उनले उम्मेदवारी दिएका थिए। तर, नेकपा (एकीकृत समाजवादी)का नेता भानुभक्त जोशीसित पराजित भएका थिए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया