उच्चले पनि मानेन् रवि छोड्न

काठमाडौँ : उच्च अदालत दाङको बुटवल इजलासले पनि सहकारी ठगीमा हाल नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई छाड्न अस्वीकार गरेको छ।
रविको रिहाइ माग गर्दै पत्नी निकिता पौडेल लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ सकिएपछि न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो।
निकिताले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट निवेदन दिएकी थिइन्। बिगोबमोजिमको धरौटी बुझाएर रिहाइको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।
यसअघि जिल्ला अदालत रुपन्देहीले त्यही प्रकृतिको निवेदनमा मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने विगत ४ महिनादेखि थुनामा छन्।
हाल लामिछानेलाई नख्खु कारागारमा कैदीका रुपमा राखिएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया