दशै आउन २६ दिन बाँकी

काठमाडौं : यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्। नारीको विशेष पर्व हरितालिका तीज सकिएसँगै अब बजारमा दशैँको चहलपल सुरु हुन्छ।
दशैँ सुरु हुन एक महिना पनि बाँकी छैन। दशैँ आउन अब मात्र २६ दिन बाँकी छ। यो वर्ष असोज महिनामै नेपालीको महान् पर्व बडादशैँ रहेको छ।
असोज ६ गते घटस्थापनाबाट दशैँ सुरु हुन्छ। सामान्यतया हिन्दुले सोह्रश्राद्धसँगै दशैँ सुरु भएको मान्दछन्। अबको १२ दिनमा सोह्रश्राद्ध सुरु हुन्छ।
भदौ २३ गतेदेखि सोह्रश्राद्ध आरम्भ हुन्छ। हिन्दु संस्कार अनुसार सुरुमा पितृको सम्झना गरिसकेपछि दशैँ सुरु हुन्छ। अबको ३३ दिनमा फूलपाती रहेको छ।
दशैंको टीका अगाडिको प्रमुख दिनका रुपममा मानिने फूलपाती असोज १३ गते रहेको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया