पाल्पामा स्क्रब टाइफसबाट १२ वर्षीया बालिकाको मृत्यु

पाल्पा– पाल्पामा स्क्रब टाइफसबाट एक बालिकाको ज्यान गएको छ ।
रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी १२ वर्षीया अस्मिता कुमालको ज्यान गएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जीवन रानाले जानकारी दिनुभयो ।
स्थानीय वेदवेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत अस्मिताको गुल्मीको रिडी प्राथमिक स्वास्थ्य केन्द्र उपचार भइरहेको थियो ।
लगातार ज्वरो, टाउको, गर्धन र घाँटी वरिपरि पसिना, बिमिरा आउनेलगायतका समस्या भएपछि उपचारका लागि लगिएको मृतकका परिवारले जनाएका छन् ।
रैनादेवी छहरामा गएको साउनदेखि अहिलेसम्म ४८ जनामा स्क्रब टाइफस र १० जनामा डेङ्गीको पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया