अस्पतालमा रहेका कैलाली कारागारका थप सात कैदीबन्दी अन्यत्र स्थानान्तरण

धनगढी : कैलाली कारागार प्रशासनले झडपमा परेर घाइते भएका थप सात कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेको छ।
कारागारले हिजो चार जनालाई डडेल्धुरा कारागार र तीन जनालाई डोटी कारागारमा स्थानान्तरण गरेको हो।
कारागारले यसअघि, तीन जनालाई कञ्चनपुर, एक जनालाई नवलपरासी र तीन जनालाई काठमाण्डौं स्थानान्तरण गरेको थियो।
हालसम्म १४ कैदीबन्दीलाई स्थानान्तरण गरिसकेको कारागारका जेलर प्रकाश ढुङ्गानाले जानकारी दिए।
उनले थप अरु पनि कैदीबन्दी स्थानान्तरणको प्रक्रियामा रहेको बताए।
गत साउन २३ गते मध्यराति ब्लक ए मा रहेका कैदीले ब्लक बी का कैदीमाथि आक्रमण गर्दा एक कैदीबन्दीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए।
घाइते कैदीबन्दीलाई सेती प्रादेशिक अस्पतालले उपचार पश्चात डिस्चार्ज गरिसकेको छ।
डिस्चार्ज गरिएका सबै कैदीबन्दीलाई कारागारमा नपठाइ कोरोना अस्पतालमा राखिएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया