सडकमा भेटिएको बन्द सुटकेसभित्र एक महिलाको शव फेला

काठमाण्डौ – रौतहटमा सडकमा भेटिएको बन्द सुटकेसभित्र एक महिलाको शव फेला परेको छ ।
शव रौटहटको माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइती भएकी २६ वर्षीया रुवी शाहको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिनुभयो ।
शाहको घर भारतको मुजफ्फरपुर रहेको प्रारम्भिक विवरण प्राप्त भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक शाह एक महिनादेखि माधवपट्टीमा डेरा गरी बस्दै आएको खुलेको छ ।
उहाँको हत्या गरी शव सुटकेसमा राखेर फालिएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।
गएराति गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेट सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया