Hikmat Acharya
  • ८ भदौ २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

प्रहरीलाई अश्लील शव्द प्रयोगमा प्रतिबन्ध


धनगढी : नेपाल प्रहरीले प्रहरी अधिकारी तथा कर्मचारीलाई अश्लील, अशिष्ट तथा द्विअर्थी शब्द प्रयोग नगर्न निर्देशन दिएको छ।

कतिपय सिनियर अधिकृतले सार्वजनिक भेटघाट, औपचारिक वा अनौपचारिक कुराकानीका क्रममा सेवाग्राही, प्रहरी कर्मचारी वा आफू–आफूबीचमा त्यस्तो भाषा प्रयोग गर्ने गरेको गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले यस्तो निर्देशन दिएको हो।

महानिरीक्षकको सचिवालयअन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले उपत्यका प्रहरी कार्यालयसहित सातै प्रदेश कार्यालय र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई परिपत्र गर्दै असल आचरण व्यवहारको प्रवद्र्धन गर्न निर्देश गरेको छ।

महाशाखाले केही सिनियर अधिकृतले नम्रता र नैतिक जिम्मेवारीका मूल्यमान्यता पर्याप्त रूपमा आत्मसात नगरेको देखिएको र यसले नागरिक र प्रहरीबीचको सम्बन्धमा दरार उत्पन्न हुनसक्ने भएकाले आचरण व्यवहारमा सुधार ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमार्फत सुझावसमेत प्राप्त भएको जनाएको छ।

अबदेखि प्रहरी कार्यालयमा आउने जुनसुकै सेवाग्राहीलाई निजहरूको समस्या प्रहरीबाट तत्काल समाधान हुन नसक्ने खालका रहेपनि भद्र एवं शिष्टतापूर्वक व्यवहार गर्न भनिएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode