Hikmat Acharya
  • ८ भदौ २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

धनगढीमा करेन्ट लागेर एक जनाको मृत्यु


धनगढी : कैलालीको धनगढीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१७, दिपनगरस्थित सोही ठाउँ बस्ने २० वर्षीय युघिस्टर बुढामगरको शुक्रबार मृत्यु भएको हो।

बुढामगर आफ्नै घर नजिकै रहेको हल्दुको रुखमा चढी रुखको हाँगा काट्टने क्रममा उक्त हाँगा नजिकै रहेको विद्युतको हाइटेन्सन लाइनमा छुन गई उहाँलाई करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिलला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode