दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुला–दार्चुलाको नौगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ।
नौगाड गाउँपालिका–४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।
आज बिहान नौगाड गाउँपालिका–४ होपरीमा जीप दुर्घटना हुँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
सामान्य घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ, भने अन्य गम्भीर घाइते तीन जनालाई धनगढी रेफर गरिएको गोकुलेश्वर अस्पतालले जनाएको छ।
सो दुर्घटनामा घाइते भएका जिप चालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया