Hikmat Acharya
  • ५ भदौ २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अछाममा उपचारपछि घर आइरहेकी बालिका खोलामै अस्ताइन्


अछाम– अछाममा बाटोबाट चिप्लिएकि एक बालिकालको खोलाले बगाएर मृत्यु भएको छ ।

अछामको मेल्लेख गाउँपालिका–४ सेलगाँउ बस्ने खडक साउँदको ७ वर्षकी छोरी कृति साउँदको मृत्यु भएको हो।

कृति साँफेबगर नगरपालिका–१३ मैडाली मामा घरबाट उपचार गर्न उनको मामासँग बुढाबगर गएकी थिइन्।

उपचारपछि फर्कनेबेला ईगडी खोलाको साघुरो बाटोबाट चिप्लिएकि थिइन् ।

चिप्लेर सोही खोलामा परेकी उनी बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय घुघुरकोट र सशस्त्र प्रहरी विपद मनसुन प्रतिकारी वेश टाँसीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो ।

खोजतलास गर्दा बालिकालाई बगेको स्थानबाट अन्दाजी ३ कि.मी. दक्षिण तर्फ मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।


क्याटेगोरी : पश्चिम खोज, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode