Techie IT
  • १ पुस २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

कैलालीको चुरेमा सेटिङमा खोलाको ठेक्का


कैलालीको चुरेमा सेटिङमा खोलाको ठेक्का

 

धनगढी- कैलालीको चुरे गाउँपालिकाले सेटिङ गर्दै खोलाको ठेक्का लगाएको छ। केही दिन अगाडिमात्रै कर्मचारीहरु समेतले मिलेमतो गर्दै खोलाको साढे ८ लाखमा ठेक्का लगाएका हुन्।

स्रोतका अनुसार पालिका उपाध्यक्ष समेतलाई थाहा नदिई पालिका अध्यक्षका मान्छे सेटिङ गर्दै ठेक्का हत्याएको आरोप छ। चुरे गाउँपालिकाले शिवगङ्गा खोलाको रोयल्टी सम्बन्धि ठेक्का लगाएको हो।

जसमा पहिले पनि सेटिङमा गरेको र अहिले पुनः इन्जिनियरले सेटिङ गरेको जनाइएको छ। ठेक्का आह्वानको सात दिने पत्रिकासमेत लुकाएर ठेक्का लगाइएको बुझिएको छ।

जबकी आजकलको समयमा अनलाइन विडिङ गर्नुपर्ने प्रावधान छ। यता पालिकाका निमित्त प्रशासकीय अधिकृत कालिप्रसाद भट्टले भने आफू सो विषयमा जानकार भएपनी आफ्नो भूमिका नभएको दाबी गरे।

 


क्याटेगोरी : अपराध, पश्चिम खोज, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode