Hikmat Acharya
  • ४ भदौ २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा शिशुसहित आमा मृत फेला


धनगढी- कैलालीमा आमाछोरी मृत फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरती डंगौरा र उनकी १० महिने छोरी अनुजा मृत फेला परेका हुन्।

आरती र अनुजा गौरीशंकर सामुदायिक वनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए ।

‘साउन २९ गते आमाछोरी बेपत्ता भएको भन्दै खोजीका लागि निवेदन आएको थियो,’ डीएसपी सिंहले भने, ‘दुबै जनाको गौरीशंकर सामुदायिक वनमा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।’

सुरूमा छोरीलाई झुन्ड्याएर र त्यसपछि आमाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । दुवैको शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode