बैतडीमा एक अनमी मृत फेला

बैतडी– बैतडीमा एकजना अनमी मृत फेला परेकी छन् ।
जिल्लाको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्यचौकीमा कार्यरत २४ बर्षीया अनमी भागरथी कुँवर मृत फेला परेकी हुन्।
पुर्चौंडी नगरपालिका–१० विजयपुरमै घर भएकी कुँवर घरबाट स्वास्थ्यचौकी टाढा भएकाले कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।
आफ्नै बस्ने कोठामा आइतबार राति ८ बजेतिर कुँवर झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
मृतक कुँवरका श्रीमान नेपाली सेनाको स्वास्थ्य प्राविधिक क्षेत्रमा कार्यरत रहेको बताइएको छ।
उनी गत वैशाखमा मात्रै विवाहबन्धनमा बाँधिएकी विजयपुर स्वास्थ्यचौकीका प्रमुख रामबहादुर महराले बताए।
आफ्नै कोठामा अनमी झुण्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया