Hikmat Acharya
  • ५ भदौ २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

करेन्टले खोस्यो रोहितको ज्यान : कृष्णजन्माष्टमी मेला रद्द, जयगढ शोकमग्न


अछाम : बान्नीगढी जयगढ गाउँपालिकामा भएको करेन्ट दुर्घटनामा १७ वर्षीय रोहित साउँदको ज्यान गएको छ। कृष्णजन्माष्टमीको मेलाको तयारीकै क्रममा जयगढ रोडबजारदेखि बरदादेवी मन्दिर जाने गेटमा राष्ट्रिय झण्डा टाँग्ने क्रममा विद्युत पोलमा छोइँदा करेन्ट लागेर उनको शनिवार दिउसो मृत्यु भएको हो।

मृतक रोहित झरना होटलका सञ्चालक गजेन्द्र साउँदका एक्ला छोरा हुन् । बिशेष उत्साह सहित मेलाको तयारीमा लागेको बेला ज्यान गुमाउनुपरेको यो घटनाले सम्पूर्ण जयगढ शोकमा डुबेको छ।

दुर्घटनामा समीर शाह, विनोद रावत, बम शाह र लव्सन सुनार घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

यसैबीच जयगढमा कृष्णजन्माष्टमीका अवसरमा लाग्ने मेला यस बर्ष रद्द गरिएको छ । मेला व्यवस्थापन समिति संयोजक राम बहादुर साउँदले यस दुःखद् घटनापछि कृष्णजन्माष्टमी मेला रद्द गरिएको घोषणा गरेका छन्। उनले मृतक आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

कृष्णजन्माष्टमीको पूर्वसन्ध्यामा घटेको यस दुर्घटनाले उल्लासमय बन्नुपर्ने जयगढ बजार शोकमग्न भएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode