नेकपा एमाले मंगलसेन–६ को बैठक सम्पन्न

अछाम– अछाममा नेकपा एमालेको बैठक सम्पन्न भएको छ ।
मंगलसेन नगरपालिका वडा नम्बर ६ को वडा कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।
वडा कमिटी अध्यक्ष राम प्रसाद भण्डारीको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले जिल्ला कमिटी सदस्य चन्द्र प्रसाद भण्डारी प्रमुख अतिथि रहेका थिए ।
सो बैठकमा हालसम्म वडा कमिटीले गरेका विभिन्न गतिविधिको बारेमा समीक्षा गरिएको थियो ।
वडाको विकासनिर्माण, योजना निर्माण तथा योजना सफल पार्न खेलिएको भूमिका लगायतका विषयमा छलफल गर्दै पार्टीले सशक्त रुपमा वडामा कार्य गरिरहेको बताइएको छ ।
आगामी दिनमा वडा, नगर, प्रदेश तथा संघीय सरकारबाट विनियोजित योजनालाई प्रभावकारी बनाउन पार्टी संगठनले भूमिका खेल्ने विषयमा पनि छलफल गरिएको छ ।
वडामा ९३ जना संगठीत सदस्य रहेका र उनीहरुको सदस्यता नवीकरण समेत गरिएको छ ।
यस्तै, बैठकले भदौ १ गतेबाट गुठिना टोलबाट टोलकमिटि बैठक तथा भेला गर्ने निर्णय गरेको छ ।
पार्टीले जनता तथा संगठनको हितका लागि गरेका कामको ईमान्दारीपुर्वक कार्यान्वयन गर्न सबै लाग्नुपर्ने जिल्ला कमिटी सदस्य चन्द्रप्रसाद भण्डारीले बताए । छलफल र सहमतिबाट अघि बढ्दै संगठन सशक्त बनाउनुपर्ने उनको भनाइ छ ।
यस्तै बैठकमा नेकपा एमाले मंगलसेन नगरकमिटी अध्यक्ष डम्बर बहादुर रावलले गाउँठाउँको विकास र जनतासंगै जोडिएर अघि बढ्न नेता कार्यकर्ता प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।
बैठकमा नेकपा एमाले पूर्व जिल्ला कमिटी सदस्य प्रभुनाथ भण्डारी, पुष्पराज भण्डारी, किशान महासंघका जिल्ला अध्यक्ष दुर्गाप्रसाद भण्डारी, जातीय उत्पीडित मुक्ति मोर्चाका जिल्ला सचिव बृख विक, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य राजेश्वर भण्डारी, पूर्व नगर कमिटी सचिव कालुसिंह विक, निर्वाचित वडा सदस्य जन्मराज भण्डारी, सरिता भण्डारी, पूर्व वडा सदस्य नरपति भण्डारी, शिक्षक संगठनका लोकराज भण्डारी, मदन प्रसाद भण्डारी लगायतको सहभागीता रहेको थियो ।
क्याटेगोरी : राजनीति, सुदूरपश्चिम
प्रतिक्रिया