Hikmat Acharya
  • १४ साउन २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

खडेरिका कारण सुदूरपश्चिममा धानखेत सुक्न थाले


 

कैलाली – सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा पूर्णरुपमा सक्रिय हुन नसक्दा देखिएको खडेरीले धानबाली प्रभावित हुन थालेको छ ।

पर्याप्त पानीको अभावमा बोरिङबाट पानी तानेर गरिएको धान रोपाइँ खेतमा अहिले गर्मीसँगैको सुक्खा मौसम उत्पन्न भएपछि खेतमा चिरा परेको स्थानीय किसानले बताएका छन् ।

पछिल्लो दुई हप्तादेखि देखिएको सुक्खा मौसम एवम् खडेरीका कारण प्रमुख खाद्यान्न धानबाली सुक्न लागेको भन्दै किसान हरिलाल चौधरीले चिन्ता व्यक्त गर्नुभयो ।

बोरिङ पम्पिङसेटबाट पानी तानेर असार पहिलो हप्तामा नै धान रोपाइँ गरेको भए पनि दुई हप्तादेखि चाहिने जति वर्षा नहुँदा खडेरीले रोपेको धान सुक्न लागेको उहाँको भनाइ छ ।

साउन महिनाको ९ गतेसम्म पनि प्रदेशका कैलाली र कञ्चनपुरसहितका जिल्लामा मनसुन पूर्णरुपमा सक्रिय हुन सकिरहेको छैन ।

मनसुन भित्रिने सरदर मितिभन्दा यस वर्ष १५ दिनअगाडि नै मनसुन भित्रिएको भए पनि मनसुन प्रणाली सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियाको महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख सञ्जय साहले गएको असार १६ गते धनगढी क्षेत्रमा २१२ दशमलव दुई मिलिमिटर वर्षा मापन भएकामा त्यसयता ठूलो वर्षा हुन सकिरहेको छैन ।


क्याटेगोरी : कृषि, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode