कञ्चनपुरमा प्रेमी र श्रीमती मिलेर श्रीमानको हत्या

कञ्चनपुर – भनिन्छ प्रेम अन्धो हुन्छ । यहि अन्धो प्रेमले कि सम्बन्ध जोड्छ कि तोड्छ नै । वेहद सम्मै गरिएको अनैतिक प्रेमले सम्बन्ध नै समाप्त र बरर्बाद पनि गरिदिन्छ ।
हो, यहि अनैतिक रुपमा अन्धो भएको प्रेमले कञ्चनपुरका एक परिवारको जग ढलेको छ । जग संगै पुरा परिवार बर्बाद भएको छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ सिलकट्टीजाई शिविरका ३५ वर्षीय रामरेसर रानाकी श्रीमतीको अनैतिक सम्बन्धको अन्धो प्रेमले आफ्नै घर उजाड बनाइदिएको छ ।
अनैतिक सम्बन्धमा रहेकी रामरेशर रानाकी श्रीमती माया रानाको अन्धो प्रेमले हांसिखेलीर रहेको परिवारलाई तहसनहस बनाइदियो ।
बेलौरी नगरपालिका–४ का पुन्ना रानाको अनैतिक सम्बन्धमा रहेकी मायाको श्रीमान रामरेशर रानाको हत्या भएको खुलासा भएको छ ।
पुन्ना र मायाको अनैतिक सम्बन्ध रामरेशरले थाहा पाएपछि घरमा विवाद भएको थियो ।
सो घटना बैशाख १६ गते भएको थियो । तर अनुसन्धान गर्दा रामरेसर हत्या भएको ठहरियो ।
वैशाख १७ गते रामरेशर घर नजिकै सडक छेउमा साइकलसहित मृत फेला परेका थिए ।
शव फेला परेपछि राना वैशाख १६ गते साँझ खाना खाएर घरबाट गएर नफर्किएको जानकारी प्रहरीलाइ गरिएको थियो ।
तर, प्रहरीको अनुसन्धानबाट रामरेसरको वैशाख १६ गते साँझ हत्या भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खडकबहादुर खत्रीका अनुसार बेलौरी नगरपालिका–४ का पुन्ना राना र मृतक रामरेशरकी श्रीमती माया रानाबिच अनैतिक सम्बन्धले सो घटना भएको हो । वैशाख १६ गते मायालाई मृतक रानाले पुन्नासँग आफ्नै घरमा देखेपछि झगडा भएको थियो ।
श्रीमान–श्रीमतीबिच हातपात हुन थालेपछि पुन्ना रानाले बाँसको चिर्पटले रामरेसर माथि प्रहार गरेका थिए ।
उनको घटनास्थलमै मृत्यु भएपछि शवलाई सडक छेउमा फालिएको थियो ।
शव फाल्न पुन्ना रानालाई माया राना र स्थानीय मानमती चौधरी रानाले सहयोग गरेका थिए ।
तिनै जनाले आरोप स्वीकार गरेपछि असार २६ गते जिल्ला अदालत कञ्चनपुरले पुन्ना रानालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
मृतककी श्रीमती माया चौधरी र मानमती चौधरीलाई एक–एक लाख धरौटीमा छोड्न आदेश दिइएको भए पनि उनीहरूले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको छ ।
भारतमा मजदुरी गर्दै आएका रामरेसरको त्रासदीपूर्ण मृत्यु घरेलु हिंसा वा प्रेम–त्रिकोणको परिणाम मात्र नभएर समाज, नैतिकता र कानुनी प्रक्रिया माथि गम्भीर प्रश्न उठाउने घटना बनेको छ ।
जसले सीमावर्ती क्षेत्रमा मौलाएको सामाजिक विभेद, विश्वासघात र न्याय प्रणालीको कमजोरीलाई उजागर गर्छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया