Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुराको खिट्केश्वरका हेडसरले भवनको ठेक्का दिएका भाइ युरोप टाप


डडेल्धुराको खिट्केश्वरका हेडसरले भवनको ठेक्का दिएका भाइ युरोप टाप

डडेल्धुरा– डडेल्धुराको भागेश्वर गाउँपालिका–१, दुनालेखस्थित खिट्केश्वर प्राथमिक विद्यालयको भवन निर्माणमा अनियमितता भएको खुलासा भएको छ ।

पाँच कक्षासम्म अध्यापन हुने सो विद्यालयको एक तल्ले भवन निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २१ लाख रूपैयाँ विनियोजन गरेको थियो ।

तर, विद्यालयका प्रधानाध्यापक जयबहादुर थापामगरले मिलेमतोमा उपभोक्ता समितिमार्फत आफ्नै भाइ वीरबहादुरलाई ठेक्का दिएका थिए ।

दुई कोठे भवनको निर्माण कार्य १८ लाख रूपैयाँमा दिने सहमति गरिएको स्रोतले जनाएको छ । एक लाख रूपैयाँ व्यक्तिगत उपयोगका लागि छुट्याइएको र दुई लाख गाडी भाडा तथा अन्य खर्चका नाममा राखिएको बताइएको छ । तर, दुई वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न भएको छैन ।

हालसम्म जग हाल्ने र पिलर ठड्याउने काम मात्र भएको छ । गारो लगाउने काम शुरु भए पनि अधुरो छोडिएको छ । निर्माण सामग्रीहरू खुलेआम थुपारिएको अवस्थामा छन् । जिम्मा पाएका व्यक्ति निर्माण अधूरो छोडेर युरोपतिर पुगेका छन् ।

स्रोतका अनुसार सामाजिक विकास कार्यालय डडेल्धुराले दुई किस्ताको भुक्तानी गरिसकेको छ भने तेस्रो किस्ता रोकेको छ । पारिश्रमिक नपाउँदा झण्डै डेढ दर्जन मजदुरहरू बिचल्लीमा परेका छन् । ती सबै मजदुरहरू स्थानीय हुन् ।

वडाध्यक्ष मणिकराज भट्टका अनुसार भवनको आधा पनि काम सम्पन्न भएको छैन । यसले गर्दा विद्यार्थीहरू कष्टकर अवस्थामा पढ्न बाध्य छन् । विद्यालय निकै विकट क्षेत्रमा पर्दछ र हालसम्म आफ्नै भवन छैन ।

दुई कोठे अस्थायी संरचनामा २७ जना विद्यार्थी पढिरहेका छन् । अघिल्लो वर्ष ३३ जना विद्यार्थी थिए भने ६ जना बाध्यतावश अन्य विद्यालयमा भर्ना भएका छन् ।

विद्यालयमा हाल दुई शिक्षक र एक कार्यालय सहयोगी रहेका छन् । भवन अभावका कारण बालविकास कक्षा समेत सञ्चालन गर्न नसकिएको प्रधानाध्यापकले बताएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode