तीन वर्षपछि फेरिए प्रचण्डका पीएसओ

धनगढी : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा व्यवस्थामा फेरबदल गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले प्रचण्डको नयाँ पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) का रूपमा डीएसपी दिपक सुवेदीलाई जिम्मेवारी दिएको हो ।
डीएसपी सुवेदी यसअघि नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कार्यरत थिए ।
यसअघि प्रचण्डको पिएसओको रूपमा कार्यरत डीएसपी सिद्धराज न्यौपानेलाई सिंहदरबार सुरक्षा गणमा सरुवा गरिएको छ।
उनी २०७९ साल साउनमा पिएसओका रूपमा खटिएका थिए र झण्डै तीन वर्षसम्म उक्त जिम्मेवारीमा रहेका थिए ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया