Hikmat Acharya
  • २ साउन २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अछामको सनसाईन प्लाजा होटलमा लफडा : दुई पक्राउ, सातजना फरार


अछाम : अछामको मंगलसेन नगरपालिका–५ स्थित सनसाईन प्लाजा होटलमा भएको एक कुटपिट घटनामा संलग्न दुई जना पक्राउ परेका छन् भने अन्य सात जना फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पक्राउ पर्नेमा झंकर भाट र मदन बिष्ट रहेका छन्।

उनीहरुलाई बुधबार पक्राउ गरिएको हो। यही असार २२ गते दिउँसो करीब २ः३० बजे होटलमा तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान निवासी ३१ वर्षीय कर्ण बहादुर बुढालाई नौ जनाको समूहले घेरेर कुटपिट गरेको आरोप छ।

पीडित बुढामाथि हात, मुक्का, लात्ति, फलामको रड, खुकुरीजस्ता धारिला हतियार प्रयोग गरी प्रहार गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा उनको अनुहार, चिउडो र शरीरका अन्य भागमा गम्भीर चोट पुगेको छ भने तल्लो भागका दुईवटा दाँतसमेत भाँचिएको छ।

पीडितले घटना भएको एक हप्तापछि सोमबार मात्रै झंकर भाट, बल भाट, कमल भाट, मदन बिष्ट र विष्णे कठायतसहित ९ जनाविरुद्ध ‘अङ्गभङ्ग गर्न नहुने कसूर’ अन्तर्गत किटानी जाहेरी दर्ता गराएका थिए।

त्यसपछि घटनामा संलग्न भनिएका व्यक्तिमध्ये भाट र बिष्टलाई प्रहरीले पक्राउ गरी तीन दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति पाइसकेको छ।

अन्य सात जना प्रतिवादीहरू हाल फरार रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र पारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode