कामबाट रोम फर्किरहेका बैतडीका एक जनाको भारतमा नालीमा डुबेर मृत्यु

बैतडी– बैतडीका एक जनाको भारतमा मृत्यु भएको छ ।
बैतडीको मेलौली नगरपालिका ५ हतरगांका २२ वर्षीय नरेश भट्टको मृत्यु भएको हो ।
रोजगारीको सिलसिलामा भारतको दिल्ली नजिकै हरियाणाको गुरुग्राममा रहेका भट्टको नालीमा डुबेर मृत्यु भएको आफन्त मन्दिर भट्टले बताए ।
गुरुग्राम सेक्टर २९मा काम गर्दै आएरहेका नरेशको काम सकेर राति कोठा तर्फ फर्किने समयमा नालीमा डुबेर मृत्यु भएको उनले बताए ।
लगातारको अविरल बर्षाका कारण निर्माणाधिन नालीमा भरिएको पानीमा डुवेर उनको मृत्यु भएको हो ।
भिषण वर्षाले नाली र सडकमा पानी भरिएकोमा नाली र बाटो छुट्याउन सकने अवस्था थिएन् ।
नरेशको शव ३ दिनपछि निार्माणाधिन नालीमा रहेको सरियामा अड्किएको अवस्थामा फेला परेको बताइएको छ ।
नेपाली समाज भारतको पहलमा आफन्तको उपस्थितीमा नरेशको दाहसंस्कार मन्दिर भट्टले बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया