Hikmat Acharya
  • २९ असार २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

कृष्णपुरमा छाउगोठमै युवतीको ज्यान गयो, नगरपालिका भन्छ: १५ दिनभित्र सबै गोठ भत्काउनू


धनगढी : कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा शनिबार राति सर्पले टोक्दा मृत्यु भएको छ।

महिनावारी भएका बेला घर बाहिर बनाइएका एकान्त गोठमा बस्न बाध्य भएकी दमाईको सुतिरहेको अवस्थामा सर्पले टोक्दा ज्यान गएको हो।

यो घटनाले सुदूरपश्चिममा अझै पनि छाउपडी प्रथा कति गहिरोसँग जरा गाडेर बसेको छ भन्ने पुष्टि भएको छ।

यही दर्दनाक घटनापछि कृष्णपुर नगरपालिकाले तत्कालै सबै वडालाई सूचना जारी गर्दै १५ दिनभित्र आफ्नो वडाभित्र रहेका सबै छाउपडी गोठ भत्काउन निर्देशन दिएको छ।

प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, “नगरपालिकाभित्र अझै पनि केही बस्तीहरूमा अवैध रूपमा छाउपडी प्रथा कायम रही गोठ प्रयोग भइरहेको पाइएकाले सबै वडाले आफ्नो क्षेत्रभित्र रहेका छाउपडी गोठहरू १५ दिनभित्र भत्काउन सूचित गरिन्छ। कार्यान्वयन नगरेमा सम्बन्धित पक्षलाई रु. ५,००० जरिवाना तिराइनेछ।”

नगरपालिकाले नियम उल्लंघन गर्नेहरूलाई कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode