Hikmat Acharya
  • २८ असार २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

कैलाली कारागारमा लफडा, एक कैदी घाइते


धनगढी : कैलाली जिल्ला कारागारभित्र फेरि कुटपिटको घटना भएको छ।

शनिबार भएको झगडामा एक कैदीको नाकमा चोट लागेको जिल्ला प्रहरी स्रोतले जनाएको छ।

लफडाको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बाल नरसिंह राणा स्वयं घटनास्थल पुगेका छन्।

हाल उनी कारागारमै रहेर कैदी तथा थुनुवासँग बयान संकलन गर्दै घटनाबारे अनुसन्धानमा जुटिरहेका छन्।

घटनामा संलग्नको पहिचान र झगडाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

अवस्था थप जटिल नहोस् भन्ने हेतुले कारागारमा अतिरिक्त सुरक्षाकर्मी समेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

कैलाली कारागारमा यसअघि पनि यस्ता घटना दोहोरिँदै आएको पाइन्छ, जसले त्यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै आएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode