Hikmat Acharya
  • २१ असार २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि


काठमाण्डौँ – सिङ्गापुरलाई हराउँदै नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । प्रतियोगितामा नेपाल अपराजित रहँदै विजेता बनेको हो ।

सिङ्गापुरले दिएको १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेटायो । नेपालका जोए थापाले नटआउट २४ रन बनाए । सिङ्गापुरका कपिश वेन्कटरमनले ४ विकेट लिए ।

नेपालले ५८ रनमा ५ विकेट गुमाएको अवस्थामा जोए थापा र शुभम् खनालले छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरे । यस्तै नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थमा जोए थापा र अभय यादवले नवौं विकेटका लागि नटआउट २५ रनको साझेदारी गरे ।

यसअघि मलेशियाको बाङ्गीमा टस जितेर ब्याटिङ गरेको सिङ्गापुर ४० ओभर ५ बलमा १ सय १३ रन बनाउँदा अलआउट भयो ।

सिङ्गापुरका रोहन अस्टिन अरुणले सबैभन्दा धेरै २३ रन बनाए । नेपालका सुशीलबहादुर रावल र अभय यादवले ३-३ विकेट लिए । यस्तै शुभम् खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए ।

सेमिफाइनलमा नेपालले मलेशियालाई र सिङ्गापुरले हङकङलाई हराएका थिए । नेपाल १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो । नेपाल १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।

यस्तै हङकङलाई ५ विकेटले हराउँदै आयोजक मलेशिया प्रतियोगितामा तेस्रो भएको छ ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode