Hikmat Acharya
  • २१ असार २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

मेरी बास्सैकी ‘अप्सरा आमा’को पशुपतिमा अन्त्येष्टि


काठमाडौं – ‘मेरी बास्सै’की कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को को अन्त्येष्टि गरिएको छ ।

श्रेष्ठको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाइएको थियो ।
क्यान्सर पीडित श्रेष्ठको शुक्रबार राति निधन भएको थियो ।

अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र अधिकारी, दिपकराज गिरी, दिपकप्रसाद आचार्य, सुशीला निरौला (विमली), गायिका राधिका हमाललगायत कलाकारको उपस्थिति रहेको थियो ।

श्रेष्ठले २०५२ सालमा ‘ट्वाक्क टुक्क’सँगै हिजो आजका कुरु सिरियलबाट कलाकारिता यात्रा सुरु गरेकी थिइन् । काम गर्दै जाँदा मेरिबास्सैमा सिताराम कट्टेल (धुर्मुस्)कै खड्का जि क्यारेक्टरको श्रीमती अप्सरा बनेपछि चर्चामा आएकी थिइन् ।

उनी पछिल्लो केही वर्षयता क्यान्सर रोगबाट पीडित थिइन् भने पछिल्लो ३५ दिनदेखि ओछ्यानमै थलिएकी थिइन् ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode