दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

दार्चुला– दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको दुहु गाउँपालिका–२ हिकिलाका ५८ वर्षीय आन सिंह बडालको भिरबाट लडेर मृत्यु भएको हो ।
उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए ।
भिरबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया