Hikmat Acharya
  • २० असार २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

एसपीलाई ‘तँ’ भन्दै धम्काउने नेतालाई पक्राउ पुर्जी


धनगढी : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सर्लाही जिल्ला अदालतले आपराधिक उपद्रव कसुरमा आज पक्राउ पुर्जी जारी गरेको हो ।

यादवले सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रबहादुर खड्कालाई फोनमा ‘तँ’ भन्दै धम्कीपूर्ण भाषा बोलेको अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

अडियोमा यादवले ‘तिमीहरु मधेशलाई लुट्न आएका हौँ’ भन्दै गालीगलौज गरेको सुन्न सकिन्छ । पक्राउ पुर्जी जारी भएपछि प्रहरीले यादवको खोजी गरिरहेको बुझिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode