सुदूरपश्चिम सरकारबाट बर्खास्त मन्त्री अख्तियारको छानबिनमा

धनगढी : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका छन्।
चौधरीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहँदा कैलाली र कञ्चनपुरका कृषकहरूलाई वितरण गरिने पावर टिलर योजनाबाट प्रति किसान ५० हजार रुपैयाँ कमिसन उठाएको आरोप छ।
सो रकम नागरिक उन्मुक्ति पार्टीकी नेतृ सुनिता चौधरी र सचिव नवीन थापामार्फत संकलन गरिएको उल्लेख छ।
अख्तियारले मुख्यमन्त्री कार्यालयलाई पत्र पठाउँदै पावर टिलर खरिद र वितरणसम्बन्धी सबै कागजात १५ दिनभित्र माग गरेको छ।
यसैबीच भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई कागजात संकलन गर्न निर्देशन दिइएको छ।
चौधरीको प्रतिक्रिया अनुसार उनीमाथिको छानबिन राजनीतिक प्रतिशोध स्वरूप गरिएको हो। उनले आरोपलाई कपोकल्पित भन्दै प्रमाण भए कारबाही गर्न आग्रह गरेका छन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया