कञ्चनपुरमा बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका–८ स्थित तिलाचौडका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराका अनुसार शुक्रबार दिउँसो स्नानगृहको बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको हो ।
शिशु डुबेको अवस्थामा फेला परेपछि महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । शिशुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया