Hikmat Acharya
  • १७ असार २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

शीतगृह ठेक्का विवादमा गाउँपालिका विजयी : बान्नीगढीविरुद्धको रिट उच्च अदालतबाट खारेज


अछाम : बान्नीगढी जयगढ गाउँपालिकाले शीतगृह (Cold Store) निर्माणसम्बन्धी ठेक्का रद्द गरेपछि त्यसविरुद्ध दायर गरिएको रिट उच्च अदालत दिपायलले खारेज गरेको छ। अदालतको फैसलासँगै गाउँपालिकालाई पुनः ठेक्का प्रक्रियामा अघि बढ्न बाटो खुलेको छ।

निर्माण व्यवसायीले ठेक्का रद्द गरिएपछि उच्च अदालत दिपायलमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले गाउँपालिकाको निर्णय उचित ठहर गर्दै मुद्दा खारेज गरिदिएको हो।

यस सम्बन्धमा गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै अदालतको निर्णयले सार्वजनिक हितको रक्षा भएको बताएका छन्।

गाउँपालिकाले गरेको निर्णयलाई अदालतले सदर गरेर जनताको पक्षमा न्याय दिलाएको अध्यक्ष साउँदको भनाई छ ।

गाउँपालिकाको मूल्यांकन समितिले ठेक्का प्रक्रिया कानुनसम्मत नभएको ठहर गर्दै आर्थिक प्रस्ताव खुलाएपछि ठेक्का बदर गरेको थियो। समितिको निर्णयविरुद्ध व्यवसायीले अदालतमा रिट दायर गरेका थिए।

गाउँपालिकाका लेखा अधिकृत नारद खनालले अदालतको निर्णयप्रति सामाजिक संजाल फेसबुक मार्फत खुसी व्यक्त गरेका छन् ।
अदालतको निर्णयपछि अब बान्नीगढी जयगढ गाउँपालिकाले शीतगृह निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढाउन सक्ने भएको छ। अदालतको निर्णयले गाउँपालिका कानुनी रूपले सही बाटोमा रहेको पुष्टि गरेको गाउँपालिकाले जनाएको छ।

यसअघि गाउँपालिकाको निर्माणाधिन प्रशासनिक भवनको बिषयमा गाउँपालिका बिरुद्द सर्वोच्च अदालतमा परेको रिट समेत खारेज भएको थियो ।


क्याटेगोरी : पालिका, राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode