Hikmat Acharya
  • १७ असार २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा २ किलो ७१४ ग्राम अफिमसहित तीनजना पक्राउ


धनगढी : कैलालीमा २ किलो ७१४ ग्राम लागूऔषध (अफिम) सहित तीनजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले घोडाघोडी नगरपालिका–१ स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा हुम्ला सुर्केगाड गाउँपालिका–५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, सोही ठाउँका २७ वर्षीया सालु शाही, र रोल्पा सुनछहारी गाउँपालिका–७ की ३२ वर्षीया पूर्णिमा पुन मगर रहेका छन् ।

प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सुखड र ब्युरोबाट खटिएको संयुक्त टोलीले साउन १६ गते होटलमै विशेष अपरेसन चलाउँदै लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई ईलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखी थप अनुसन्धान थालिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode