Hikmat Acharya
  • १६ असार २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

बरदादेवीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र पारदर्शिताबारे छलफल


अछाम : बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बरदादेवीमा आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक सुनुवाइ तथा आगामी वर्षको योजना निर्माणका लागि सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष नवराज साउँदको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिन्दु रावल प्रमुख अतिथिको रूपमा सहभागी थिइन्।

कार्यक्रममा वडा सचिव समुन्द्रा बोगटीले आर्थिक वर्ष २०८०/८१ मा वडा भित्र सञ्चालन भएका योजनाहरू, बजेटको कार्यान्वयन, राजस्व संकलन, सेवा प्रवाह लगायतका विषयमा विस्तृत प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

वडा अध्यक्ष साउँदले आर्थिक वर्षभरि वडामा भएका क्रियाकलाप, योजना र उपलब्धिबारे जनतालाई जानकारी गराउँदै पारदर्शिता र जवाफदेहितामा वडा कार्यालय प्रतिबद्ध रहेको बताए।

कार्यक्रमकी प्रमुख अतिथि उपाध्यक्ष बिन्दु रावलले योजना तर्जुमा र कार्यान्वयनमा जनताको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै सेवा प्रवाहमा अझै प्रभावकारिता ल्याउने गरी स्थानीय तहले काम गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमले जनप्रतिनिधि र जनताबीचको दूरी घटाउने विश्वास पनि व्यक्त गरिन्।

कार्यक्रममा वडावासी स्थानीय, नागरिक समाजका प्रतिनिधि,शिक्षक,महिला अगुवा लगायतको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले योजना छनोटमा प्राथमिकता, अनुगमन प्रणाली मजबुत बनाउने, बजेटको समान वितरण तथा युवा लक्षित कार्यक्रमहरू बढाउन सुझाव दिएका थिए।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode